यस हुलाक निर्देशनालयको स्थापना वि.सं.२०८१ मंसिर १७ गते भएको हो । यो धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित जिल्ला प्रशासन कार्यालयबाट १०० मिटर दक्षिण तिर अवस्थित छ । यस निर्देशनालयको मातहतमा जिल्ला हुलाक कार्यालय डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर गरी जम्मा ८ वटा हुलाक कार्यालयहरु छन् । यस निर्देशनालयका मुख्य कार्यहरु चिठ्ठीपत्र तथा पुलिन्दा संकलन, ढुवानी र वितरण गर्ने, हुलाक टिकट बिक्री गर्ने, सूचनाको हकको कार्यान्वयन र अनुगमन गर्ने, छापा माध्यम तथा विद्युतीय माध्यमको नविकरण गर्ने, मातहत जिल्ला हुलाक कार्यालयहरुको अनुगमन गर्ने, निर्देशनालय अन्तर्गतका सबै जिल्ला हुलाक कार्यालयका विवरणहरु एकीकृत रुपमा तयार गरी हुलाक सेवा विभागमा प्रतिवेदन गर्ने रहेका छन् ।